०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

साउथ फिल्मका सुपरस्टार अजित कुमार बाइकमा नेपाल धनुषा आएका छन

Logo
प्रकाशित मंगलबार, बैशाख ०५, २०८०

(ABC-Sanchar) धनुषा । भारतको सिलगुडी हुँदै सोमबार धनुषाको ढल्केबर आइपुगेका हुन। उनले ढल्केबर स्थित रामजी स्विट्स एण्ड फूडमा खाजा खाएर नेपाली खानाको तारिफसमेत गरेका थिए ।

पुरी, जेरी, दही र चिया खाइ फेरी पनि आउँछु भन्दै पसलबाट छुटेको पसलका सञ्चालक रामजी शाहले बताए । छायांकनका लागि मुस्ताङ आएको यही शिलशिलामा नेपालको ठाउँ पनि हेरौं भनेर बाइकमा आएको अजितले रामजीसँग बताएका थिए ।

सन् २०२२ को अक्टोबरमा अजित बाइक हाँकेरै थाइल्यान्डसम्म पुगेका थिए । उनी बाइक चलाएर यूरोप समेत पुगिसकेका छन् । अजित पछिल्लो पटक फिल्म ‘भलिमै’मा देखिएका थिए । यो फिल्मले विश्वभर १ सय ५५ करोड कमाएको थियो ।मोटरसाइकल हाँक्दै उनी नेपाल आइपुगेको भिडियो र तस्वीरलाई फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । उनी कार र बाइक संकलनका सौखिन अभिनेता समेत हुन् । गत वर्ष उनी अभिनित ‘भलिमाई’ नेपालमा समेत रिलिज भएको थियो । उनी तमिल सिनेमा उद्योगका चर्चित अभिनेता हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!