०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

नेपाल प्रहरीको सरुवामा एसएमएस धेरै पावर हुनेको काज सरुवा धमाधम

Logo
प्रकाशित मंगलबार, बैशाख ०५, २०८०

ABC (क्राईमबिट) काठमाडौं । सरुवा चाहने कर्मचारीले अब अनिवार्य रुपमा फारम भर्नुपर्ने भएको छ । फोन तथा एसएमएसमार्फत सरुवाका लागि अनावश्यक दबाब दिने प्रवृत्ती बढेपछि प्रहरी प्रधान कार्यालयले मंगलबार परिपत्र गरी सरुवा चाहनेले अनिवार्य माग फारम भरेर पठाउन भनेको हो ।

प्रहरी नियमावलीमा सरुवाका लागि माग फारम भर्नुपर्ने व्यवस्था छ । तर, त्यसको कार्यान्वायन हुन सकेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हाल सात हजार प्रहरीले सरुवा मागेकोमा दुई हजार एक सयले माग फारम भरेका छन् । अरुले फोन तथा एसएमएसमार्फत सिफारिस गरेका छन् । यस्तो प्रवृत्ति रोक्न सबै तहका प्रहरीलाई फारम अनिवार्य गरिएको छ ।

‘सरुवामा फारम भर्नुपर्ने पुरानै व्यवस्था हो,’ प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले भने,‘यसलाई कार्यान्वायनमा कडाई गर्न लागेका मात्रै हौं ।’ परिपत्रमा फारम नभर्नेको हकमा मागअनुसार सरुवा नहुने उल्लेख गरिएको छ । खासगरी नेताहरूको पावर लगाएर सरुवा माग्ने प्रवृत्ति प्रहरीमा व्यापक छ । यसले प्रहरीमा बेथिती बढेपछि सरुवालाई निश्चित मापदण्ड लागू गर्न खोजिएको प्रहरी प्रशासन शाखाका एक कर्मचारी बताउँछन् । सरुवामा एसएमएस आतंक भएपछि प्रहरी प्रधान कार्यालयले यस्तो परिपत्र गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!