०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

दाङमा महिलाको शव घरनजिक गाडेको अवस्थामा फेला श्रीमान फरार प्रहरीको अनुसन्धान सुरु

Logo
प्रकाशित बिहिबार, बैशाख ०७, २०८०

ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव फेला परेको हो।

मृतक शारदाका श्रीमान ४१ वर्षीय मेघराज केसी फरार छन्। शारदाको हत्या मेघराजले नै गरेको आशंका प्रहरीको छ। शारदाको माइती पक्षले पनि बुधबार मेघराज नै हत्यामा संलग्न भएको बेहोरासहितको किटानी जाहेरी दिएका छन्।

‘त्यस दिन मृतक शारदा घोराही बजारबाट घर फर्किएकी रहिछन्,’ घटना अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘मृतकले घोराहीमा हात हेराउन आएको कुरा आफूलाई भनेको कुरा उनकी छोरीले गरेकी छन्। जाहेरीमा पनि सोही कुरा उल्लेख छ।’

घटना वैशाख १ गते मध्य राति भएको अनुमान छ। त्यो दिन शारदाकी छोरी र १५ वर्षीय कान्छा छोरा घोराहीको हेमन्तपुरस्थित मामाघर गएका थिए। जेठा छोरा भने रोजगारी सिलसिलामा भारत बस्छन्।

दिपायलमा बिहे भए पनि माइतीमा बस्दै आएकी छोरीले आमा शारदालाई दिउँसो फोन गरेकी थिइन्।

‘आमाले घोराहीमा हात हेराउन गएको कुरा गरेपछि छोरीले संक्रान्तिको दिन पनि किन हात हेराउन गएको भनेर सोधेकी रहिछन्,’ जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले भने, ‘त्यसको केही बेरमा छोरीले बाबुसँग पनि कुरा गरेको देखिन्छ। बाबुले आमा आएकी छैन, तेरी आमा कहाँ गई कहाँ गई भनेर असन्तुष्टि पोखेको कुरा पनि छोरीले सुनाएकी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!