२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कपिलवस्तुको सिसवा गाउँमा आगलागी हुदा २६ वटा घरगोठ जलेर नष्ट

Logo
प्रकाशित शुक्रबार, बैशाख ०८, २०८०


(ABC-Sanchar)
कपिलवस्तु । विजयनगर गाउँपालिकामा आगलागी हुँदा अन्दाजी एक करोड बढी रुपैयाँको धनमालको क्षति भएको छ । गाउँपालिको वडा नम्बर ५ सिसवामा आगलागी भएको प्रहरीले जनाएको छ । फुसको ९ ओटा पूर्ण घर, १७ ओटा आंशिक गरि २६ ओटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

बिहिबार करिब साढे ११ बजेतिर लागेको आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्र लगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । आगलागीमा परि १ एउटा पाडो जलेर मरेको उनले बताए । मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताए ।

आगलागीको कारण अहिले खुल्न नसकेको उनले बताए । शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रण आएको हो ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले तत्कालका लागि आगलागी पिडितलाई राहतको लागि प्रतिघरलाई ५० किलो दरले चमाल, दाल, तेल, मसला लगायत आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]