२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

४ वटा टिपर एक आपसमा ठोक्किए मानवीय क्षति भैइन

Logo
प्रकाशित शनिबार, बैशाख ०९, २०८०

(ABC-Sanchar) काठमाडौँ । शंखरापुर नगरपालिकाको जहरसिंह पौवाको जंगलको सडकमा ४ वटा टिपर एक आपसमा ठोक्किएका छन् । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं आइरहेका ती टिपर आपसमा ठक्कर खाएका हुन् । बिहानको ४ बजेको समयमा टिपर आपसमा ठोकिएको र मानवीय क्षति नभएको साँखु प्रहरी कार्यालयकी प्रमुख फूलमाया घिसिङले रातोपाटीलाई जानकारी दिइन् । दुर्घटनामा एकजना चालक सामान्य घाइते भएका छन् ।
एकै दिशाबाट आएका बा ५ ख ४५७०, प्रदेश ३–०१–००६ ख १०७२, बा ३ ख ३९२७ र ना ८ ख २९१९ नम्बरको टिपर आपसमा ठोक्किएका हुन् । घाइते एक सवारी चालकलाई उद्धार गरेर साँखुमा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]