०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

बैशाख १० गते उपनिर्वाचनको दिन पृथ्वी राजमार्गसमेत बन्द हुने

Logo
प्रकाशित शनिबार, बैशाख ०९, २०८०

 (ABC-Sanchar) तनहुँ । १ मा आइतबार हुने उपनिर्वाचनका दिन पृथ्वी राजमार्गसमेत बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गर्दै मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकखण्डमा सवारी साधन पुर्णरुपमा बन्द रहने जनाएको छ ।

पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट (मादी नदीको पुलको पश्चिम भाग) सम्म, डुम्रे–बेंसीसहर सडकखण्ड, आँबुखैरेनी गोरखा सडकखण्ड, दमौली दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडक बन्द रहने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
उनले भने, ‘दमकल, एम्बुलेन्स, खानेपानीका ट्यावर, दुध बोक्ने सवारी साधन, शववाहन, फोहरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनहरु पूर्ण रूपमा बन्द रहने छ ।’

यस्तै, तनहुँ जिल्ला भएर चल्ने रात्रि बस वैशाख १० गते बिहान ४ बजेअगावै जिल्लापार गरिसक्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!