२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीको सफल अनुसन्धान पछी अटो दुर्घटना गराई फरार रहेका चालक पक्राउ

Logo
प्रकाशित आइतबार, बैशाख १०, २०८०


ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका वडा नं. १२ गुर्जे स्थित पक्की पुलमा नंबर नखुलेको अटोले जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बस्ने बर्ष ५ कि बालिका युबिका बुढाथोकी (माघिरा) लाई ठक्कर दिए पश्चात तत्काल पिडितहरुले घाइते बालिकालाई लिई हस्पिटल आए पश्चात करिव १ घण्टा पछि मात्र प्रहरीलाई सुचना प्राप्त भएको र तत्काल यस कार्यालयबाट प्र.ना.उ राजन कुमार गौतम र वडा प्रहरी कार्यालय घोराही दाङ बाट गजेन्द्र बहादुर शाही सहितको प्रहरी टोली खटि अनुसन्धान कार्य सुरु गरेको साथै घाइते बालिकाको उपचारको क्रममा मिति २०७९।१२।२० गते भैरहवा स्थित मेडिकल कलेजमा मृत्यु भएको र अटो सहित अटो चालक फरार रहेको घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धानको क्रममा हरियो रङको अटोले ठक्कर दिएको भन्ने मात्र खुल्न आएको र सोही घटनामा Manually, सुचना संयन्त्रको प्रयोग र प्राबिधिक माध्यम, CDR Analysis आदिको माध्यमबाट प्राप्त सुचनाको आधारमा जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं १२ गुर्जे बस्ने वर्ष २६ को सुवास सुनारले चलाएको रा १ ह ७००३ नंबरको अटोले दुर्घटना गराई फरार रहेको भन्ने खुल्न आएकोमा घटनाको २४ दिन पश्‍चात मिति २०८०।०१।०८ गते उक्त अटो लुकाई छिपाई राखेको अबस्थामा फेला पारी नियन्त्रणमा? आएको र अटो चालक भागी फरार भई भारत हरियाणा गएको भन्ने खुल्न आएकोमा Counter Parts लगायत संगको सहकार्यमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज अटो चालकलाई २६ दिन पश्‍चात मिति २०८०।०१।१० गते पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]