(ABC-Sanchar) दाङ । आज आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको दाङ जिल्लामा आएकी छिन् ।उनी तीन दिन दाङमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् । मन्त्री शर्मा वैशाख १४ गते (बिहीवार) विहान साढे सात बजे घोराहीको नेपाल पत्रकार महासंघमा प्रेस सेन्टर नेपालले गर्ने पत्रकार भेटघाटमा सहभागी हुनेछिन् । त्यसपछि मन्त्री शर्माले साढे १० बजे बंगलाचुली गाउँपालिकामा आयोजित बंगलाचुली कप खेलकूद उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साढे १२ बजे नारायणपुर ब्यापार महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।
त्यस्तै वैशाख १५ गते (शुक्रवार) विहान मन्त्री शर्मा तुलसीपुर र रगैचामा हुने कार्यक्रममा सहभागी हुनुहुने छ भने दिउँसो महिला संगठन र महिला सञ्जालले घोराहीमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । वैशाख १६ गते (शनिवार) मन्त्री सुरक्षित आवाससम्बन्धी बैठक र लमहीमा हुने कार्यक्रममा भाग लिएर राजधानी फर्किने सचिवालयले जनाएको छ ।