(बिदुर एमसी) दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीकाे सिसहनियादेखि महदेवा जाेड्ने नेपालकाे दाेश्राे लामो पक्की पूलबाट केही पूर्वतर्फ जाे गढवा गाउँपालिका वडा नम्बर दुईको महदेवा जेठान गाउँको राप्ती नदिमा ठूलाठूला मेसिन औजार र टिप्परहरु प्रयोग गरेर दिन दहाडै राप्ती नदिको खुल्लमखुल्ला दोहन गरिएको छ ।
विशेषगरी स्थानीय रूपमा गढवा गाउँपालिकाकाे आपसी मिलोमतो र सेटिङ्गमा यसरी नदिजन्य बस्तुकाे उत्खनन, ओसारपसार तथा विक्रीवितरण गरिएको पनि थाहा भएको छ । त्यसरी उत्खनन गरेर नजिकै रहेका केही क्रसर उद्योगलाई माल आपूर्ति गरिएको एक स्थानीयले हामीलाई बताएका छन् ।