२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल राष्ट्र बैंकको घट्न थाल्यो नगद कारोबारहरु किन???

Logo
प्रकाशित बिहिबार, बैशाख १४, २०८०

(ABC-Sanchar) काठमाडौं । नेपाल राष्ट्र बैंकले चैतसम्मको तथ्यांक सार्वजनिक गर्दै फागुनको तुलनामा नगद कारोबार चैतदेखि भने ३ अर्ब ६० करोड रुपैयाँले घटेको जनाएको छ । दसैं तिहारताका ठूलो मात्रामा नगद कारोबार बढेकोमा कात्तिकपछि क्रमशस् घटिरहेको थियो, तर माघ लागेपछि पुनस् बढ्न थालेमा चैतमा घटेको हो ।

दसैंपछि क्रमशस् घट्न थालेको नगद कारोबार माघमा केही सुधार देखिएको थियो । पुसमा ६ खर्ब १ करोड १६ लाख रुपैयाँमा झरेको चलनचल्तीको नोट माघमा ५ अर्ब ६० करोड ९६ लाख रुपैयाँले बढेको थियो । फागुनमा थप ९ अर्ब ७७ करोड १४ लाख रुपैयाँले बढेको थियो ।

दसैंताका अर्थात असोजमा यस्तो नोट ६ खर्ब ४९ अर्ब ४२ करोड २७ लाख रुपैयाँ चलनचल्तीमा थियो । त्यसपछि क्रमशस् घटेर ६ खर्ब एक करोडमा आएको थियो, यो भनेको पुस महिनामा हो । माघ लागेपछि पुनस् चलनचल्तीको नोट बढेको थियो । चैतमा चलनतल्तिमा रहेको नोट ६ खर्ब ११ अर्ब ७८ करोड ८० लाखमा सीमित भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]