२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मापदण्ड विपरीत सञ्चालन रहेको बालाजुको पेट्रोल पम्प सिल

Logo
प्रकाशित बिहिबार, बैशाख १४, २०८०

(ABC-Sanchar) काठमाडौं महानगरपालिकाले सिल गरिदिएको छ । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनुसार नियमविपरीत सञ्चालनमा रहेको कोतःधुकु पेट्रोल पम्प सिल गरिएको जानकारी दिए ।

उक्त पेट्रोल पम्पका कारण जोखिम बढेको भन्दै स्थानीयले गुनासो गर्दै महानगर गुहारेका थिए । पम्प हटाउनका लागि महानगरले ताकेता गरेपनि नहटाएपछि सिल गरिएको पाण्डेले जानकारी दिए ।
सटरभित्र बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको उक्त पम्पले सडकबाटै सवारीसाधानलाई तेल हालिदिँदा जोखिम बढेको थियो ।

पेट्रोलियम पदार्थ विक्रेता नियमावली, २०७५ अनुसार महानगरपालिकाभित्र पर्ने पेट्रोलपम्पको जग्गाको क्षेत्रफल कम्तीमा २५ सय वर्ग मिटर वा ५ रोपनी हुनुपर्छ । यस्तै, सडकतर्फको मोहडा कम्तीमा ३५ मिटर हुनुपर्ने उल्लेख छ । यस्तै, बिक्री कक्ष भवन, बिक्री स्थलको पेभमेन्ट,पर्खाल हुनुपर्ने र तीनको व्यवस्थाका लागि तोकिएको मापदण्ड अनुसार हुनुपर्ने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]