२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज नेपालगन्जमा आकस्मिक अवतरण

Logo
प्रकाशित शनिबार, बैशाख १६, २०८०

(ABC-Sanchar) बाँके । आज शनिबार बेलुका बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको हो।

धनगढीको आकाशमा पुगेर अवतरण गर्न केही मिनेट बाँकी रहेका बेला मौसममा एक्कासी खराबी देखिएपछि विमान फिर्ता भएको थियो।

खराव मौसमका कारण आकाशबाटै विमान फर्किएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। त्यसपछि उक्त विमानलाई नेपालगञ्ज विमानस्थलमा सुरक्षित अवतरण गराइएको उनले बताए।

विमान काठमाडौँबाट ७ बजेर ३६ मिनेटमा धनगढीका लागि उडेको थियो। धनगढी आउनुपर्ने विमान प्रतिकुल मौसमका कारण नेपालगञ्जमा अवतरण गरेपछि यात्रुहरु अलपत्र परेका छन्।धनगढीबाट काठमाडौँबाट लागि टिकट काटेका यात्रुहरुको टिकट रकम भने बुद्ध एयरले फिर्ता गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]