
ABC (क्राईमबिट)
सल्यान । क्षमताभन्दा पाँच गुणाबढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको छ । अहिले एक सय १६ जना पुरुष, १४ जना महिला कैदीबन्दी र आमासँगै दुईजना नाबालक कारागारमा रहेको कारागार प्रशासनले जनाएको छ ।
कारागार कार्यालयका निमित्त प्रमुख भीमबहादुर घर्तीले क्षमताभन्दा पाँच गुणाबढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।
कारागारमा कैदीबन्दी अटाउन नै नसक्ने अवस्था भएपछि केही कैदीलाई सरूवा गर्ने गरिएको उहाँको भनाइ छ । तर यहाँ रहेका कतिपय कैदीलाई सरूवा गर्दा पनि जिल्ला छोडी अन्यत्र जिल्ला जान नमान्ने गरेको उहाँको भनाइ छ ।