०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

सशस्त्र प्रहरी बलले हराएका सीमास्तम्भ खोज्न र मर्मत गर्न कार्यविधिहरु बनाउदै

Logo
प्रकाशित मंगलबार, बैशाख १९, २०८०

ABC (क्राईमबिट) काठमाडौँ । जीर्ण तथा हराएका भारततर्फका अन्तर्राष्ट्रिय सीमास्तम्भ निर्माण, मर्मत र रंगरोगन गर्न सरकारले छुट्टै कार्यविधि ल्याउने भएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल एपीएफलाई ‘सीमा स्तम्भको मर्मतसम्भार र पुन:स्थापनासम्बन्धी कार्यविधि’को मस्यौदा निर्माणको जिम्मा दिएको हो । सीमा सुरक्षा सशस्त्र प्रहरीले गर्दै आएको छ ।हराएका सीमास्तम्भको खोजबिन तथा जीर्ण अवस्थाका संरचनाको मर्मतसम्भार नहुँदा भारतीय पक्ष नेपाली भूमिमा प्रवेश गरी अनधिकृत संरचना बनाउने र सीमा क्षेत्रका नेपालीमाथि दुर्व्यवहार गर्ने घटना बर्सेनि दोहोरिने गरेका छन् ।
सिमानामा भारतीय ज्यादतीका घटना बढेपछि ३ वर्षअघि नै सरकारले परराष्ट्र मन्त्रालयका तत्कालीन सहसचिव यज्ञबहादुर हमालको नेतृत्वमा गृह र रक्षा मन्त्रालय तथा नापी विभागका अधिकारीसहितको सीमा निरीक्षण समिति बनाएर समस्या पहिचान एवं समाधानका उपाय पेस गर्न निर्देशन दिएको थियो ।

समितिले नेपाली पक्षले सुरक्षा तथा त्यसको संरक्षण गर्नुपर्ने अवस्थाका स्तम्भको रंगरोगन, जीर्ण अवस्थाका संरचनाको मर्मत र हराएकाको खोजबिन गर्न सशस्त्र प्रहरीलाई जिम्मा दिन सुझाव दिएको थियो । २०७७ साउन १९ को मन्त्रिपरिषद् बैठकले त्यही प्रतिवेदनका विषय ग्रहण गर्दै सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को उक्त निर्णय कार्यान्वयनमा गएको थिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!