०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

स्मार्ट अडियो हाइफ्युचर ब्रान्डका सामान अब दाङमा पनि उपलब्ध हुने

Logo
प्रकाशित मंगलबार, बैशाख १९, २०८०

(ABC-Sanchar)
दाङ । राप्ती अञ्चलको लागि आधिकारीक बिक्रेताको रुपमा मेलिना मल्टिपल्स प्रालीले उक्त ब्रान्डका सामानहरु भित्राएको हो । हाइफ्युचरको ब्राण्डले नेपालमा कम्पनीको वायरलेस इअरबड, हेडफोन, पोर्टेबल स्पीकर र स्मार्टवाचहरूसहितको अभिनव रेन्जको स्मार्ट वियरेबल र अडियो उत्पादनहरूलाई बिक्रि तथा बितरण गर्ने छ। सोहि अन्तर्गत दाङमा पनि उपलब्ध रहेका छन् ।

सोमबार घोराहीमा पत्रकारसम्मेलन गरी मेलिना मल्टिपल्स प्रालिले आफ्ना प्रोडक्टहरु बजारमा ल्याएको जानकारी दिएको हो । मोबाइल क्षेत्रमा निकै लोकप्रियता कमाएका मेलिना मल्टिपल्स प्रालीका प्रोप्राइटर तुलसिराम शर्मा हाइफ्युचरलाई नयाँ ग्राहक खोज्न र दाङमा अधिक रुपमा ब्रान्डको उपस्थिति बनाउन सहयोग गर्ने बताउनु भएको छ । ‘हाइफ्युचरको स्मार्ट वियरेबलहरू वास्तविक समयमा स्वास्थ्य डाटा,सूचनाहरू र अन्य उपयोगी सुविधाहरू प्रदान गर्ने ब्रान्डको रुपमा परीचित छ । जबकि उनीहरूको अडियो उत्पादनहरू उत्कृष्ट ध्वनि गुणवत्ता,स्वर निवारण र अन्य अग्रगामी सुविधाहरूले एक सम्पूर्ण अडियो अनुभव प्रदान गर्दछ छ ।

त्यस्तै ‘हाइफ्युचरका स्मार्ट वाचहरुमा मोबाइलसंग कनेक्ट गरेपछि सबै काम वाचबाटै गर्न मिल्ने सुविधा रहेको छ । उक्त ब्रान्डमा अहिले १० वटा प्रोडक्ट बजारमा उपलब्ध छ । सो ब्रान्डको नेपालको लागि आधिकारीक बितरक टेक स्टुडियो प्रालि रहेको छ  । हाइफ्युचर र एक्युफिटका स्मार्टवाचहरु निकै सुबिधा सम्पन्न र सस्तो मुल्यमा उपलब्ध रहेको प्रालिका संचालक तुलसिराम शर्माले जानकारी दिनु भयो । हाइफ्युचर र टेक स्टुडियो नेपाली ग्राहकहरूलाई सबैभन्दा राम्रो स्मार्ट वियरेबल र अडियो उत्पादनहरू प्रदान गर्न सक्षम रहेको र नेपाली बजारमा ग्राहकको माग पुर्ति गर्ने लक्ष रहेको छ ।

राप्ती अञ्चलको पाच वटै जिल्लामा उक्त ब्रान्डका सामान उपलब्ध हुने पनि संचालक शर्माको भनाई छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष सन्तोष सुवेदीले ग्राहकले चाहे जस्तो ब्रान्ड भएको कारणले सबै ग्राहकहरुले यो ब्रान्डको सामान प्रयोग गर्ने बताउनु भयो । मेलिना मल्टिपल्स प्रालिका संचालक तुलरिाम शर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण दिपक वलीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!