०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

जिल्ला प्रशासन सर्लाहीमा आगलागी, कम्प्युटर प्रिन्टर लगायतका उपकरण जलेर नष्ट

Logo
प्रकाशित मंगलबार, बैशाख १९, २०८०

 (ABC-Sanchar) सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा आगलागी भएको छ । मङ्गलवार (आज) बिहान करिब ५:४० बजेतिर विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाले जनाएको छ ।

विद्युत् सर्ट भई आगलागी हुँदा नागरिकता प्रतिलिपि फाटका कम्प्युटर, प्रिन्टर, स्क्यानरलगायतका विद्युतीय उपकरण जलेर नष्ट भएका छन् ।

आगलागी भई धुवाँमाथि जाँदा ड्युटीमा बसेका सुरक्षाकर्मीले देखेका थिए । तत्कालै सुरक्षाकर्मी आइ आगो निभाउँदा थप क्षति भने भएको छैन । छेउमै रहेको वारुण यन्त्र, सुरक्षाकर्मी र कार्यालयका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा आएको हो। आगो नियन्त्रण गर्ने क्रममा राहदानी शाखाको कम्प्युटरमा समेत क्षति पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!