२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नक्कली शरणार्थी प्रकरणमा थप ११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने एसएसपी:कार्की

Logo
प्रकाशित बिहिबार, बैशाख २१, २०८०

ABC (क्राईमबिट) कठमाडौं । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा अझै थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारिम्भक अवस्था देखिएको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म ८ जना व्यक्ति पक्राउ परिसकेको भन्दै थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारिम्भक अवस्था रहेको बताएका हुन् ।

सुरुमा ठगीबाट सुरु भएको उक्त मुद्धा संगठित अपराधमा परिणत गरेर ४० दिनयता अनुसन्धान भइरहेको उनले बताए । कार्कीले सयभन्दा बढी व्यक्तिबाट २० वटा जाहेरी परेको र अनुसन्धान अघि बढिरहेको जानकारी दिए ।

उनले पक्राउ परेका व्यक्तिहरुबारेमा जानकारी दिने गरेको भन्दै बिभिन्न सञ्चारमाध्यममा अन्य पक्राउ परेको भनि आएको समाचारमा सत्यता नरहेको धारणा राखे । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सन्दीप रायमाझीलगायत आठ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]