
(सागर थापा)
दाङ । समुदाय प्रहरी साझेदारी अबधारणा अनुरुप बैशाख २१ गते “प्रहरी संग १ दिन कार्यक्रम” अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित रहेको अम्बिकेश्वरी क्याम्पस घोराही दाङमा बि.आई.एम. छैठौँ सेमेष्टरमा अध्ययनरत बिद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा आमन्त्रण गरी बिभिन्न शाखाहरुको अनुगमन, प्रहरी कार्यालयबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी दिनुको साथै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओली र
डिएसपी राजन गौतमले बिद्यार्थीहरुलाई अपराधको परिचय, अपराधमा फस्नुको कारण, अपराधबाट टाढा रहने उपायहरु, आत्महत्या न्यूनिकरण, बाल बिबाह नियन्त्रण, ट्राफिक नियम, लागु औषध दुर्ब्यसन नियन्त्रण, लैंगिक हिंसा न्यूनिकरण लगायत बिषयमा सचेतनामूलक प्रशिक्षण दिनु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।