०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

पत्रकार तुफानबाबु श्रेष्ठको एक सय एक सोच पुस्तक बजारमा सार्वजनिक

Logo
प्रकाशित शनिबार, बैशाख २३, २०८०


(ABC-Sanchar)
दाङ । तुलसीपुर पत्रकार तथा सामाजिक अभियन्ता तुफानबाबु श्रेष्ठको जिन्दगी बदल्ने एक सय एक सोच पुस्तक शुक्रबार तुलसीपुरमा सार्वजनिक गरिएको छ । मानिसलाई सत्मार्गमा हिडाउन तथा सकारात्मक सोचको विकास गराउनका लागि सहयोगी हुने पुस्तकमा एक सय एक वटा विभिन्न प्रेरणादायी प्रसँगहरु समावेश गरिएको छ ।
दुई दशक अघि रेडियोमा ‘शान्त तलाउ’ नामक कार्यक्रम थाल्नुभएका श्रेष्ठले हरेक मानिसमा सकारात्मक सोचको विकास गराउनु नै यो पुस्तकको प्रमुख लक्ष्य रहेको बताउनुभयो । उक्त पुस्तकमा देश-दुनियाँका, मिथ-पुराणका, इतिहास-समाजका कतिपय यथार्थ र कतिपय कल्पनाशिल कथाहरु संगै विभिन्न व्यक्तित्वका प्रेरक प्रसङ्गहरु पनि समावेश गरिएको छ ।
तुफानबाबु श्रेष्ठकै अध्यक्षतामा भएको कार्यक्रममा ब्रम्हकुमारी इश्वरिय विश्व विद्यालय राप्ती क्षेत्रकी प्रमुख गीताले पुस्तक विमोचन गर्नुभएको थियो । विमोचन समारोहमा बोल्ने वक्ताले पुस्तक जीवन उपयोगी भएको भन्दै पछिल्लो पुस्तालाई यस्ता सकारात्मक सन्देश दिने खालका प्रसङ्ग जानकारी दिन आवश्यक रहेको बताउनु भएको थियो । बक्ताहरुले जिन्दगी बदल्ने एक सय एक सोच पुस्तकलाई हरेक विद्यालय र कलेजमा पुर्याउन सके यसको महत्व अझै बढेर जाने बताउनु भएको थियो ।
सो अवसरमा श्रेष्ठले पुस्तकको माग बढ्दै गएको बताउनुभयो । उहाँले आफूले लामो समयदेखि देख्दै भोग्दै आएका, पढेका र सुनेका कतिपय बिषयलाई पुस्तकमा समेटेको बताउनुभयो ।
पाँच पोखरी प्रकाशन गृह काठमाण्डौबाट प्रकाशित पुस्तकको समीक्षा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले गर्नु भएको थियो । उहाँले पुस्तकमा एक सय एकवटा फरक फरक खालका विषयहरु समेटिएको बताउँदै हरेक प्रसङ्गले भिन्नै खालको उर्जा दिने बताउनुभयो ।
सो अवसरमा बोल्दै ब्रम्हकुमारी ईश्वरीय ब्रह्मकुमारी विद्यालयकी प्रमुख गीताले समाजमा सकारात्मक सोच दिने विचारहरुको अभाव हुँदै गएको बताउनुभयो । उहाँले ब्रम्हकुमारी इश्वरिय विश्व विद्यालयको सोचसंग पुस्तकको सोच मिलेको बताउनुभयो । उहाँले पुस्तकको प्रचार प्रसार गरेर सवैको हातमा पुर्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले खासगरी युवाहरुलाई सकारात्मक मार्गमा लगाउनका लागि सकारात्मक सन्देश दिन आवश्यक रहेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का पूर्व अध्यक्ष जनप्रतिनिधि नवराज लामिछानेले समाजमा सकारात्मक सन्देश दिने खालका पुस्तकहरुको अभाव रहेको बताउनुभयो । उहाँले यस्ता पुस्तकको प्रचार प्रसार गर्नुपर्ने भन्दै युवाहरुका बीचमा पुस्तक पुर्याउन सुझाव दिनुभयो ।
यस्तै तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष यज्ञबहादुर केसी, नेपाल औषधी थोक व्यवसायी संघ दाङका अध्यक्ष शेषकान्त ढकाल, लायन्स क्लब अफ ईशानका संस्थापक अध्यक्ष बुद्धप्रकाश सिंह लगायतले पुस्तक पढेपछि सकारात्मक उर्जाको संचार हुने बताउनुभयो । कार्यक्रमको सञ्चालन पत्रकार शरद रेग्मीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!