(ABC-Sanchar) दाङ । उनीहरूले रिले अनसन सुरु गरेको ६ दिन पुगेको छ । राजधानी व्यवस्थापन गर्ने भन्दै ३२ महिनादेखि रोकिएको जग्गा फुकुवा गर्न माग राख्दै स्थानीय बासिन्दाले लुम्बिनी प्रदेश सरकारको मुख्य प्रशासनिक भवनको मूल गेटमा रिले अनशन बसेका हुन् ।
देउखुरीमा राजधानी घोषणा हुनुअघि रोक्का जग्गा साढे दुई वर्षसम्म फुक्का नगरेपछि सो क्षेत्रका जग्गाधनी, उद्योगी व्यवसायी, किसान, मजदुरले दबाब सिर्जना गर्न रिले अनशन बसेका छन् ।
आफूहरूको माग पूरा गर्न दबाब दिन १८ वैशाखदेखि बिहान ८ बजेदेखि प्रदेश राजधानी परिसर क्षेत्रमा धर्ना बसेर आन्दोलन सुरु गरेको सङ्घर्ष समितिले बताएको छ ।