२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

गायिका समीक्षा अधिकारी भन्छिन् म गलत थिइनँ मैले माया लागेर बयान फेरेँ

Logo
प्रकाशित आइतबार, बैशाख २४, २०८०


(ABC-Sanchar)
काठमाडौंँ । गायिका समीक्षा अधिकारीले आफू गलत नभएको बताएकी छन् । गायिका अधिकारीले आफू गलत नभएपनि माया लागेर बयान फेरेको अभिव्यक्ति दिएकी हुन् ।

एक टेलिभिजन अन्तर्वार्तामा उनले आफ्नो सुरक्षाका लागि उजुरीमा गएको र पछि माया लागेकोले अदालतमा बयान फेरेको बताएकी हुन् ।

‘उहाँको टिमबाट मार्ने धम्की, दिनदिनै टर्चर गरेकोले मुद्दा हालेकोे थिएँ’, उनले अगाडि भनेकी छन् ‘आफ्नो सुरक्षाका लागि त्यो निर्णय गरेको हो ।’ त्यो समय आफ्नो दिनमै ५ वटा गीत रेकर्ड हुने बताएकी उनले टर्चरका कारण डिप्रेसनको स्थिति पनि आएको खुलाएकी छन् । अन्तरवार्तामा उनले भनेकी छन्, ‘मलाई यसले ठुलो रुप लिन्छ भनेर थाहा पनि थिएन । यति हो कि म गलत छैन ।
उनकै बयानका आधारमा बलात्कार अभियोगमा अभियुक्तले सफाइ पाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]