०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

नेपाल प्रहरीका २२ जना डिसपीहरु एसपी बन्न भिड्दैछन् नामसहित

Logo
प्रकाशित सोमबार, बैशाख २५, २०८०

ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवाको तयारी सुरु गरेको छ। एसएसपी बढुवामा आफ्नो नाम नपरेपछि एसपी आभूषण तिम्सिनाले राजीनामा दिएपछि अहिले एसपीका २२ पद रिक्त छ।

१८ जना एसपी बढुवा भएर एसएसपी बनेको, तिम्सिनाले राजीनामा दिएको र त्यसअघि नै ३ एसपी पद रिक्त रहेको गरी २२ पद रिक्त भएको हो।

वैशाख १५ गते बढुवाका लागि सिफारिस भएकाहरूले सोमबार (भोलि) एसएसपीको दर्ज्यानी चिह्न लगाउँदैछन्। उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएर आईजीपी बसन्तबहादुर कुँवर केही दिनका लागि विदेश भ्रमणमा जाँदैछन्। रिक्त २२ पद उनी फर्केपछिमात्रै पूर्ति हुनेछ। तर प्रहरी प्रधान कार्यालयले आईजीपी नहुँदा पनि यसका लागि तयारी भने जारी रहने जनाएको छ।

डीएसपीबाट एसपी बन्ने प्रतिस्पर्धामा राम घर्ती, राजेश थापा, हरिहरनाथ योगी, अपिल बोहरा, गौतम केसी, बसुन्धरा खड्का, रवीन्द्र सिंह, अंगुर जीसी, चित्रबहादुर गुरुङ, गोविन्द पुरी, नवराज कार्की, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, कुमोध ढुंगेल, भावेष रिमाल, सन्तोष आचार्य, नारायण चिमरिया, श्यामबहादुर खत्री, श्यामकुमार राई, शालिकराम शर्मा, राजन भुजेल, नरेन्द्र चन्द, गोविन्दराज काफ्ले, यादव ढकाल, प्रदीपकुमार क्षेत्री, ढकेन्द्र खतिवडा, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, रविन कार्कीलगायत छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!