०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

बिरगंजबाट प्रहरीले सुन र हिराका विभिन्न किसिमका पत्थरहरू सहित १ जना पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख २५, २०८०


(रोशन निधि)
पर्सा । बिरगंज भारतबाट अवैधरूपमा सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू ल्याउँदै गरेको सूचना अनुसार मिति २०८०।०१।२२ गते अं. ११:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटस्थित सडकखण्डमा इनर्वा प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले भारतबाट वीरगञ्जतर्फ शंकास्पद रुपमा आउँदै गरेको निम्न स्थान बस्ने निम्न व्यक्तिलाई रोकी निजको शरिरको तलासी लिँदा निजले लगाएको गाढा निलो रङको ज्याकेटको गोजीमा लुकाई छिपाई राखिएको सुन जस्तो देखिने पहेलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबी जस्तो देखिने पत्थर ८.४९ ग्राम, निलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको आर्टिफिसियल स्टोन ११.६०० ग्राम फेला परेकोले निजलाई उक्त सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू अनदाजी मुल्य रु.२९,४४,६३३ (उनन्तिस लाख चौवालिस हजार छ सय त्तेतिस) सहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०१।२४ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा जिल्ला प्रहरी कार्यालय का प्रव्क्ता निर्माल बुढाथोकी ले जानकारी गरौनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!