ABC (क्राईमबिट) रुकुमपुर्व । सिस्ने गाउँपालिका-८ स्यालापाखास्थित सिमपातल सामुदायिक वनबाट ४ थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
उक्त जंगलमा तरुल खनेको खाल्डोमा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।