०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

सरकारले ४४ जना सहसचिवको सरुवा

Logo
प्रकाशित मंगलबार, बैशाख २६, २०८०

(ABC-Sanchar)
काठमाडौँ । सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ । अघिल्लो मन्त्रिपरिषद बैठकले नवनियुक्त सहसचिवहरुको पदस्थापनदेखि विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो ।

प्राप्त विवरण अनुशार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने भरत खनाललाई प्रदेश प्रमुखको कार्यालय सुदूर पश्चिममा सरुवा गर्दै काजमा रक्षा मन्त्रालय, कृष्ण प्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमान सिंह गुरुङलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, कविराज पौडेल सत्य निरूपण तथा मेलमिलाप आयोग, सुरेश राउतलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कुमार प्रसाद दाहाललाई युवा तथा खेलकुद मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका ज्ञानेन्द्र प्रसाद ढकाल, माधव प्रसाद पोख्रेल र सुरेश न्यौपानेलाई क्रमशः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह), मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र प्रदेश नीति तथा योजना आयोग कोशीमा सरुवा गरिएको छ ।

यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रदिप राज अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीका बलराम निरौलालाई प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेश, त्यहाँका रामकृष्ण पुडासैनीलाई सामाजिक विकास मन्त्रालय बागमती र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाजिलमा रहेका विश्वबाबु पुडासैनीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरवारमा सरुवा गरिएको छ ।
त्यस्तै स्वास्थ्यतर्फका प्रमुख कन्सल्टेन्ट सर्जन(एघारौँ तह)का जनार्दन पन्थीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय लुम्बिनी प्रदेश, शहरी विकास मन्त्रालयका विष्णु भण्डारीलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका नविनचन्द्र अधिकारीलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णालीका देवराज निरौलालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै सहसचिव पुष्पराज शाहीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, प्रदेश प्रमुखको कार्यालय मधेस प्रदेशका राजेन्द्र पराजुलीलाई विराटनगर महानगरपालिकामा सरुवा गरिएको छ ।

यसैगरी भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्यतर्फ एघारौँ तहका श्रीराम लुइँटेल स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, अर्थ मन्त्रालयको अतिरिक्तमा रहेका रघुराम विष्टलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मदन दाहाललाई गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका दिपक राज नेपाललाई नेपाल ट्रष्टको कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका झक्क प्रसाद आचार्यको पनि गृह मन्त्रालयमा सरुवा भएको छ ।

गृह मन्त्रालयका सहसचिव प्रदीप कुमार कोइरालाको लोक सेवा आयोग आयोग, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूर पश्चिम प्रदेशका कमल राज ढकाललाई गृह मन्त्रालय, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ गैरेलाई गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराईको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकालको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, गृह मन्त्रालयका रमेश ढकालको निर्वाचन आयोग, निर्वाचन आयोगका तुल्सी बहादुर श्रेष्ठको गृह मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका शिवराम न्यौपानेको गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान् अर्याललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुदूर पश्चिम प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ ।
सामाजिक विकास मन्त्रालय कर्णालीका सन्त बहादुर सुनारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, नेपाल ट्रष्टको कार्यालयका विष्णुराज ढकाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भोजराज शर्मा(काफ्ले)लाई सामाजिक विकास मन्त्रालय, कर्णालीको प्रदेश सचिवमा सरुवा गरिएको छ ।

प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका यज्ञ नाथ दाहाललाई वन तथा वातावरण मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका ध्रुवराज पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका राम प्रसाद पाण्डेलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र गृह मन्त्रालयका सुमन घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

फाजिलमा रहेकादेखि दुर्गम र सुगम मिलाउन खोज्दा केही समय लागेको र सकेसम्म न्यायोचित तवरले नै खटनपटन गरिएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!