(ABC=Sanchar)
काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउपुर्जी जारी गरेपछि फरार रहेका टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेर कारबाही गरेको हो ।
राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । हालसम्म फरार रहेको रायमाझी आत्मसमर्पण गर्ने तयारीमा रहेको बुझिएको छ ।