(ABC-Sanchar) पश्चिमनवलपरासी । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार अध्ययन २०७८ सालमा रोजगारी तथा विदेशी नागरिकसँग बिहे गरेर गएका नेपालीले नागरिकता त्याग गरेका हुन् ।
५३ जनामध्ये सबै भन्दा बढी हङकङको नागरिकता प्राप्त गर्न १९ जनाले नेपाली नागरिकता त्यागका लागि निवेदन दिएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताए ।
हङकङपछि बेलायतको लागि १८ जना, भारतका लागि ७,अमेरिकाका लागि ५,जर्मनीका लागि २ तथा बेलायत र कोरिया जानका लागि १/१ जनाले निवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काम, अध्ययन तथा विवाह गरेर विदेशको नागरिकता लिने चाहना भएका नेपालीले नागरिकता त्याग गर्दै आएका छन् ।
दुई देशको नागरिकता लिन नपाइने भएपछि बाह्य मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्याग्नेहर को संख्या वृद्धि भएको छ । नेपालको संविधानमा कुनै पनि नेपालीले नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम र सोही ऐनको अनुसूची ९ अनुसार दूतावास, गृह मन्त्रालय र जिल्ला प्रशासनमा निवेदन दिन सक्ने व्यवस्था रहेको छ।