२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नुवाकोट र धादिङको सिमानामा स्थानीयहरु द्वारा सडक अबरुद्ध

Logo
प्रकाशित बिहिबार, बैशाख २८, २०८०

(ABC-Sanchar) नुवाकोट । गल्छी गाउँपालिका ८ निबुवाबोटको एक होटलमा भएको विवादले उग्ररुप लिएपछि एक जनाको ज्यान गएपछि स्थानीयले विरोध स्वरुप सडक बन्द गराएका छन् । प्रहरीले प्रयास जारी गरे पनि सडक अझै खुल्न सकेको छैन ।

स्थानीय शानदार होटलमा खाना खाएर पैसा तिर्ने क्रममा विवाद हुँदा सोही होटलका निरज पण्डितले छुरा हानेपछि स्थानीय २३ वर्षीय विनोद मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्यु पछि स्थानीय बिहानदेखि गल्छी–त्रिशूली सडक खण्ड बन्द गराएका हुन् ।
बुधबार राति ११ शानदार होटलमा खाना खाए विनोद मगरसहित ३ जनाले १५ सय रुपैयाँ तिरेका थिए । यसअघिको पैसा नतिरेको भनेपछि होटल साहुनी सरस्वती पण्डितसँग उनीहरूको विवाद भएको थियो । सरस्वतीले झगडा मिलाउन छोरा निरजलाई बोलाएकी थिइन् । निरजले विनोद मगरलाई दुई पटक चक्कु हानेपछि उनी ढलेका थिए । त्यतिले मात्र नभइ विनोदलाई मोटरसाइकलले शरीरमा गुडाएको स्थानीयले बताएका छन् । पछि सबै गाउँले मिलेर विनोदको उपचारको लागि काठमाडौं पठाइएको थियो । उनको काठमाडौंमै मृत्यु भएपछि गाउँले आक्रोशित बनेका हुन् । विरोधस्वरुप उनीहरूले आज सडक बन्द गराएका छन् ।बन्द सडक खुलाउन प्रयास गर्दा प्रहरीले हवाई फायर समते भएको छ । प्रहरीले चक्कु प्रहार गर्ने होटल सञ्चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख तथा एसपी गौतम मिश्रले बताए । होटलमा बसेका चार जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

सडक अवरुद्ध भएपछि काठमाडौंबाट त्रिशूली आउने र त्रिशुलीबाट काठमाडौं जान वैकल्पिकमार्ग छकरे–गुर्जेभन्ज्याङ सडकबाट भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]