०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

पटकपटक किन भइरहेको छ जहाजमा समस्या ? दैनिक एक घण्टा होल्ड हुन्छ

Logo
प्रकाशित शुक्रबार, बैशाख २९, २०८०


(ABC-Sanchar)
काठमाडौं । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्यो ।
काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्यो । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्यसदिन एयर इण्डियासहित अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका थिए । फ्लाई दुबई र इन्डिगो एयरको जहाज पनि लखनउ डाइभर्ट भएको थियो ।

विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार उक्त दिन ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको थियो । अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ । दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेको विमानस्थलको भनाइ छ ।त्यस्तै वैशाख १६ गते दिउँसो नयाँ दिल्लीबाटै काठमाडौँ आएको एयर इण्डियाको जहाजले ओभरसुट गरेको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज ‘अनस्टेवल एप्रोच’ भएकाले ओभरसुट गरेको हो ।

यसरी एक महिनामै एयर इण्डियाको जहाजले दुई पटक ओभरसुट गर्यो । जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाही एप्रोच प्रोफाइल नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि ओभरसुट गर्नुपरेको विज्ञहरु बताउँछन् ।

जहाज ओभरसुट र होल्ड हुँदा सुरक्षाका हिसाबले निकै जोखिम हुने टिप्पणी हुँदै आएको छ तर, जहाज ओभरसुट र होल्ड हुँदा जोखिम नभई थप सुरक्षित हुने उनीहरुको भनाइ छ ।

नेपाल वायुसेवा गिनम (नेपाल एयरलाइन्स) का एक वरिष्ठ पाइलटका अनुसार ‘अनस्टेवल एप्रोच’ का कारण जहाजले ओभरसुट गर्छन । ‘ओभरसुट सबभन्दा बढी सुरक्षित हो, ओभरसुटलाई त हामीले ‘इन्करेज’ गर्नुपर्छ’, उनले भने, ‘ओभरसुटलाई अनस्टेवलाइज एप्रोच भन्छ, ९० प्रतिशत धावनमार्गमा हुने दुर्घटना ओभरसुटका कारण हुन्छन् ।’

नेपालमा ओभरसुटलाई नकारात्मक रुपमा लिने गरिएपनि संसारभर ओभरसुटलाई सकारात्मक रुपमा लिइन्छ, र सम्बन्धित मुलुकको ‘एभिएसन अथ्योरिटी’ले कारबाही गर्दैनन् तर, नेपालमा ओभरसुट भएपछि नियामक निकालये स्पष्टीकरण लिने गरेको ती वरिष्ठ पाइलटको भनाइ छ ।

जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाहीँ एप्रोच प्रोफाइल नमिलेर ओभरसुट हुन्छ । कहिलेकाहीँ धावनमार्गमा केही वस्तु देखिएमा पनि जहाज ओभरसुट गरिन्छ ।

विसं २०७९ वैशाख १ गते भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भरेर काठमाडौँ फर्किएको नेपाल एयरलाइन्सको ‘वाइड बडी’ जहाज अवतरण हुनैलाग्दा ओभरसुट गरेको थियो । पाइलटले धावनमार्गमा प्लास्टिकको सामान देखेपछि एटिसी टावरलाई जानकारी गराएर जहाज ओभरसुट गरी पुनः अवतरण गरेका थिए । पहिला म्यान्डेटरी एप्रोच पनि भनिन्थ्यो ओभरसुटलाई तर, अहिले आएर सम्भावित जोखिम न्यूनीकरणका हिसाबलाई यसलाई सकारात्मक रुपमा लिइन्छ, त्यसैले अहिले संसारमा ओभरसुटको विषयलाई लिएर प्रश्न नै नगर्ने भन्ने प्रवृत्ति बनिसकेको छ’, उनले भने ।

जोखिम मोलेर अवतरण गर्नुभन्दा ओभरसुट गर्नु बढी सुरक्षित भएकाले जहाजले ओभरसुट गर्ने गरेको वरिष्ठ पाइलटको भनाइ छ ।

विमानस्थलका प्रवक्ता सिटौलाको भनाइमा टिआइएमा दक्षिणतर्फबाट मात्रै ठूला जहाज अवतरण हुने भएकाले जहाज होल्ड हुने र ओभरसुट हुनेगरेको छ । जसका कारण विमानस्थललाई चाप परेको छ । एयर ट्राफिक जाम पनि हुन्छ ।

विशेष गरी चैत वैशाख महिनामा धावनमार्गको दक्षिणतर्फबाट बढी हावा चल्ने भएकाले टिआइएमा जहाजले ओभरसुट गर्ने र होल्ड हुने गरेका छन् ।

कतिपय अवस्थामा कम्पनीको नियम अनुसार पनि जहाजले ओभरसुट गर्छन् । यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सकेको छैन । काठमाडौँ विमानस्थलमा अवतरण हुन नसकेका जहाज र होल्ड भएका कतिपय जहाजले गौतमबुद्ध विमानस्थल अवतरण गरेका हुँदैनन् । डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडानका जहाज अझै पनि भारतको बनारस, लगनऊ, कोलकात्ता जाने गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि टिआइएमा चाप कम हुने अनुमान गरिएको थियो । तर, तीन अन्तर्राष्ट्रिय विमानस्थल भएपनि टिआइएको उडान चाप उत्तिकै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!