
(ABC-Sanchar)
कपिलवस्तु । विजयनगर गाउँपालिकामा आगलागी हुँदा अन्दाजी आठ लाख बढी रुपैयाँको धनमालको क्षति भएको छ । गाउँपालिको वडा नम्बर ७ मुधुनगर आगलागी भएको प्रहरीले जनाएको छ । फुसको आंशिक गरि ५ ओटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
बिहिबार करिब साढे १ बजेतिर लागेको आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्र लगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । आगलागीमा परि मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताए ।
आगलागीको कारण अहिले खुल्न नसकेको उनले बताए । प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा १ घण्टापछि आगो नियन्त्रण आएको हो ।
विजयनगर गाउँपालिका वार्ड अध्यक्ष दिनेश कुमार चौधरी र युवा नेता विजयकुमार चौधरी ले तत्कालका लागि आगलागी पिडितलाई राहतको लागि प्रतिघरलाई ४० किलो दरले चमाल, दाल, तेल, मसला लगायत आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका छन् ।