०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

रोटरी क्लबद्वारा डेस्क बेन्च र खेलकुदका सामाग्रीहरु हस्तान्तरण

Logo
प्रकाशित शुक्रबार, बैशाख २९, २०८०


(तुफानबाबु श्रेष्ठ)
दाङ । रोटरी क्लब अफ तुलसीपुर सिटिले एक कार्यक्रमका बिच पश्चिम दाङको शान्तिनगर गाउपालिका वडा न. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालय केराघारीमा शुक्रवार १२ सेट डेस्क बेन्च र खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
क्लबका अध्यक्ष यज्ञ बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी शान्तिनगर गाउपालिका वडा न. ३ का अध्यक्ष मिन बहादुर केसीले विकट क्षेत्रमा २०१७ सालमा स्थापना भएको यस प्राथमिक बिधालयमा आएर रोटरी क्लबले गरेको यो सहयोग सर्हानिय भएको बताउनु भयो ।
रोटरी क्लब अफ तुलसीपुर सिटिका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक बिजय केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केसीले दुरिले नजिक भए पनि विकट क्षेत्रमा रहेको यो स्कुलमा सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो । साथै उहाँले अमेरिकामा बसोबास गरिरहेका आप्रबासी नेपालीहरुको आर्थिक सहयोगमा उक्त सामाग्री हस्तान्तरण गर्न सम्भब भएकोले ती सहयोगी दाताहरुलाई धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय प्राथमिक बिधालय व्यवस्थापन समितीका अध्यक्ष देव बहादुर बिक, पुर्व अध्यक्ष वीर बहादुर बिक, प्रधान अध्यापक मिन बहादुर केसी, शान्तिनगर गाउपालिका वडा न. ३ कि सदस्य भिमी नेपाली, रोटरी क्लब अफ तुलसीपुर सिटीका पुर्व अध्यक्ष बिमल रिजाल, वीर बहादुर रावत, तुफानबाबु श्रेष्ठ, देव बहादुर केसी, रोटरियन डा भुबनेश्वर भुसाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण क्लबका उपाध्यक्ष सन्दिपन रिजालले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!