
(ABC-Sanchar)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राम मन्दिर पुगेर भगवान् रामको दर्शन गरेको पूर्वराजा शाहको सचिवालयले जनाएको छ।
पूर्वराजा शाहसँगै पूर्वरानी कोमलले पनि राम मन्दिर पुगेर भगवान् रामको दर्शन गरिन्।
केही दिनअघि पूर्वराजा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए।