०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

लमहीमा अटेरी गर्दै निजि स्कुल बसहरु विद्यार्थीहरु ढोकामा झुन्डिर यात्रा गर्न बाध्य

Logo
प्रकाशित बिहिबार, जेठ ०४, २०८०


ABC (क्राईमबिट)
दाङ । लमहीमा संचालनमा रहेका निजि विद्यालयका भ्यानहरुले कोचाकोच गरि विद्यार्थी ओसार्दा समेत नियमन गर्ने निकाय मौन रहनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

लमहीमा संचालनमा रहेका अधिकांश निजि विद्यालयका भ्यानहरु क्षमताभन्दा बढी विद्यार्थीहरु बोक्ने गरेका छन् ।

भ्यान भाडा चर्को लिने र कोचाकोच विद्यार्थी बोक्ने नियति बनेको छ । सिटमा बसेको भन्दा भ्यान भित्र उभिएका विद्यार्थीहरुको संख्या अधिक रहने गरेको छ ।

कतिपय विद्यालयहरुका भ्यानमा त विद्यार्थीहरु ढोकामा समेत झुन्डिएको स्पष्ट देख्न सकिन्छ । यसले गर्दा विद्यार्थीहरुले पठनपाठन गर्न आउँदा सास्ती खेप्नु पर्ने त छदैछ भने सवारी दुर्घटनामा समेत पर्ने खतरा त्यत्तिकै छ ।

यसरी विद्यार्थीहरुको जीवनमा खेलवाड गरेर विद्यालय प्रशासन किन कमाउ धन्दामा लागेकोछ, बुझी नसक्नुछ ।

नियमन गर्ने निकाय जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले पनि सार्वजनिक गाडीहरु दिनकै चेकजाँच गर्ने र गल्ती भेटिए कार्वाही जरिवाना गर्ने गरेको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले बताए ।

त्यस्तै तस्बिरमा देखिएका केही विद्यालयहरु प्रतिनिधि उदाहरण हुन भने अधिकांश विद्यालयहरुले यसैगरि विद्यार्थी ओसारी रहेका छन् ।

समयमै यिनलाई नियमन गरिएन भने कुनै दिन ठूलै दुर्घटना हुने त छदै छ तर नियमन गर्ने निकाय मौन रहनुलाई पनि नागरिकले शंकाको दृष्टिले हेरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा […]

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

error: Content is protected !!