२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एआईजी राईले विभिन्न खेलमा विजेता पदक खेलाडी तथा प्रशिक्षकहरुलाई बधाई तथा सम्मान

Logo
प्रकाशित शुक्रबार, जेठ ०५, २०८०


(सागर थापा)                                                      काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौंका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा सहभागी भई पदक विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका सह निर्देशक तथा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, तेक्वान्दो खेलका ग्राण्डमास्टर क्वोन योङ दाल लगायत सिनियर प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथिबाट उपस्थित सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरुलाई अनुशासित भई खेल खेल्नुका साथै आगामी दिनहरुमा पनि उत्कृष्ट खेल प्रदर्शनद्वारा संगठन र राष्ट्रको गरिमा उच्च बनाउन आवश्यक निर्देशन समेत दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]