०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

दर्चुलामा यार्सागुम्बा सङ्कलन गर्न गएको युवकलाई ढुङ्गाले लागेर मृत्यु

Logo
प्रकाशित शुक्रबार, जेठ ०५, २०८०

(ABC-Sanchar)
दार्चुला । व्यास गाउँपालिका १ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् ।

यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । यार्सागुम्बा सङ्कलन गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो । ऐतवालको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

सितापुल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ । सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा […]

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

error: Content is protected !!