०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

राष्ट्रपति पौडेल संसदमा जाँदा-आउँदा सर्वसाधारणको आवागमनमा रोक नलगाइने

Logo
प्रकाशित शुक्रबार, जेठ ०५, २०८०

(ABC-Sanchar)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका लागि जाँदा- फर्किँदा सर्वसाधारणको आवागमनमा रोक नलगाइने भएको छ।

राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। संघीय संसद् भवनमा बस्ने दुवै सदनको बैठक सम्बोधन र नीति तथा कार्यक्रम प्रस्तुतका लागि शीतल निवासबाट नयाँ बानेश्वर जाँदा-फर्किँदा सर्वसाधारणको सडक आवतजावतमा रोक नलगाइने जनाइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज संसदमा सम्बोधन गर्न जान लागेका राष्ट्रपति पौडेलले त्यहाँ आफ्नो लागि कुनै तामझाम नगर्न निर्देशन दिएका छन्।

सचिवालयका अनुसार नागरिकलाई सास्ती हुने भएकाले आफू संसद भवन जाँदा कुनै तामझामको व्यवस्था नगर्न राष्ट्रपतिले निर्देशन दिएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा […]

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

error: Content is protected !!