२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बिना लाइसेन्स मापसे गरेर कार दुर्घटना : चालक पृथ्वी मल्ललाई ४ वर्ष जेल सजाय

Logo
प्रकाशित सोमबार, जेठ ०८, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । उच्च अदालत पाटनले पृथ्वी मल्ललाई ४ वर्ष जेल र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । लापरबाहीपूर्वक कार चलाएर दुर्घटना गराएको भन्दै बुढानीलकण्ठ–८ भद्रकालीका मल्लविरुद्ध उच्च अदालतले यस्तो फैसला गरेको हो ।

उच्च अदालतका न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले फैसला सुनाउँदै मल्ललाई जेल सजाय र जरिवानाको फैसला गरेको अदालतका शाखा अधिकृत गिरिराज भण्डारीले बताए ।

मल्लले लापरबाहीपूर्वक चलाएको कारले २०७६ मंसिर २८ गते बिहान १० बजे ठक्कर दिँदा लीला देवकोटाको घटनास्थलमै मृत्यु भएको थियो । मादक पदार्थ सेवन गरेका र कार चलाउने लाइसेन्स समेत नभएका मल्लले अनियन्त्रित तवरले तीव्र गतिमा चलाएको कारले बूढानीलकण्ठ–५ स्थित फुटपाथमा हिँडिरहेकी देवकोटालाई ठक्कर दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]