२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बैंकबाट ९ लाख गायब भएकाे सुन्दा मुर्छित भए सेवाग्राही बैंक कर्मचारीकै मिलोमतो भएको आरोप

Logo
प्रकाशित सोमबार, जेठ ०८, २०८०

ABC (क्राईमबिट)
रौतहट । चन्द्रपुरमा रहेको माछापुच्छ्रे बैंकमा खाता रहेको एक जना सेवाग्राहीको नौ लाख रुपैया गायब भएको छ। रौतहटको वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट रहस्यमय तरिकाले नौ लाख रुपैया गायब भएको देखिएको छ।

खातामा रहेको १२ लाख २० हजार रुपैयामध्येबाट नौ लाख रुपैया गायब भएको यादवले बताएका छन्। शुक्रबार दिउँसो यादवले माछापुच्छ्रे बैंकको खाता नम्बर ७५००६५३८२८०००१४ मा १२ लाख २० हजारको चेक क्लिरियन्समा दिएका थियो जुन पैसा जम्मा भएको म्यासेज यादवको मोबाइलमा पनि आएको थियो। पैसाको काम पर्दा यादव आइतवार आठ लाखको चेक लिएर साट्न जाँदा खाताबाट नौ लाख रुपैया झिकिएको जानकारी दिएपछि यादव मुर्छित भएका थिए।

अचानक आफ्नो खाताबाट नौ लाख रुपैया गायब भएको खबर बैंकले सुनाएपछि बेहोस भएका यादव एक छिनपछि शाखा प्रमुख रामजी दासलाई भेटेर आफ्नो रकम गायब भएको बारे जानकारी माग्दा ह्याकरले पैसा लगेको जवाफ दिएको र आफूहरुले केही पनि गर्न नसक्ने पनि बताउँदै जिम्मेवारीबाट पन्छिएका थिए।

शाखा प्रबन्धक दासले आफ्नो खाताबाट कसरी रकम गायब भयो आफैँले खोजी गर्नू भनेर गैरजवाफदेवी जवाफ दिएपछि यादवले आफ्नो खाताको बैंक स्टेटमेन्ट माग गरेका थिए। शाखा प्रबन्धक दासले यादवलाई बैंक स्टेटमेन्ट पनि दिन नमानेपछि कर्मचारीकै मिलोमतोमा आफ्नो खाताबाट नौ लाख रुपैया गायब भएको अनुमान लगाएका थिए।

यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरी रकम निकालेको देखिएको छ। यादवको खाताबाट निकालेको रकम सिटिजन बैंक र सानिमा बैकमा ट्रान्सफर देखिएको शाखा प्रबन्धक दासले जानकारी गराएका छन्।

बैंकबाट नौ लाख रुपैया गायब भएपछि यादवका आफन्त र निकटस्थहरुले बैंकमा होहल्ला गरेपछि प्रहरीलाई खबर गरिएको थियो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपि एकनारायण कोइरालाले यादवको खाताबाट रकम गायब भएको विषय जानकारीमा आएको र प्रहरीले आफ्नै किसिमले अनुसन्धानको थालनी गरिसकेको जनाएका छन्।

अनुसन्धानबाट रकम ट्रान्सफरमा जजसको संलग्नता देखिन्छ सबैलाई कानुनको दायरामा ल्याउने जानकारी डिएसपि कोइरालाले बताएका छन्।

घटनाको बारेमा बुझ्न वृन्दावनका पूर्व नगर प्रमुख राम सिनेही राय यादव, एमालेका प्रेमशंकर यादवसहित पीडितका आफन्तहरुले बैंकमा पुगेर शाखा प्रबन्धक दासलाई भेटेका छन्। शाखा प्रबन्धक दासको जवाफ सन्तोषजनक नभएकोले कर्मचारीको मिलोमतोमा रकम गायब भएको आशंका लागेको पीडितको आरोप रहेको छ।

बैंकबाट रकम गायब गरेको विषयलाई लिएर आफूहरु माथिल्लो निकायसम्म खोजी गर्ने यादवले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]