२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

वडा प्रहरी कार्यालय लमही दाङले विद्यालयहरुमा सचेतनामुलक कार्यक्रम

Logo
प्रकाशित मंगलबार, जेठ ०९, २०८०


ABC (क्राईमबिट)
दाङ । वडा प्रहरी कार्यालय लमही दाङले लमही वडा क्षेत्रको सामुदायिक र निजि विद्यालयमा पठनपाठन गर्दै आएका विद्यार्थी र शिक्षक / शिक्षिकाहरुलाई विद्यालयमै पुगेर चेतनामूलक प्रशिक्षण दिदै आएको छ ।

यसैबीच सोमबार वडा प्रहरी कार्यालय लमहीले सनलाईट मोर्डन माध्यामिक विद्यालयमा सचेतना कार्यक्रम गरेको छ ।

विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई लागु औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रममा लागु औषध दुर्ब्यसनी भनेको के, दुर्ब्यसनीको कारण तथा त्यसले समाज र ब्यक्तिगत जीवनमा पार्ने दीर्घकालीन असरको बारेमा उपस्थित सबैलाई जानकारी गराइएको थियो ।

वडा प्रहरी कार्यालय लमहीमा प्रहरी निरीक्षक श्रेष्ठ आएदेखी आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रणका कामले तिब्रता पाएका छन ।

 

वडा प्रहरी कार्यालय लमहीद्वारा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न जेष्ठ महिनाको सुरक्षा योजना निर्माण गरि सो बमोजिम टोल-टोल र विद्यालयस्तरमा यस्ता खाले जनचेतनामूलक कार्यक्रम सञ्चालन भैरहेका छन ।

पछिल्लो समय युवा तथा वयस्क उमेरका मानिसहरु अत्याधिक मात्रामा लागुऔषधको दुर्ब्यसनीमा फसेको तथ्याङ्कमा देखिएको र आम नागरिकको गुनासो बढ्दै गएको छ ।

सोही गुनासोका आधारमा सम्बोधन गर्न प्रहरीले लागु औषधको सेवन तथा कारोबार गर्ने माथि कानून बमोजिम दण्डित गर्न र युवाहरुलाई दुर्ब्यसनीमा फस्नबाट रोक्न जनचेतनामूलक कार्यक्रमलाई बिशेष प्राथमिकता दिंदै आएको छ ।

यस्तै कार्यक्रम मार्फत समाजलाई लागु औषध दुर्ब्यसनीबाट मुक्त गराउने नेपाल प्रहरीको मुख्य उदेश्य रहेको छ ।

कार्यक्रममा झण्डै एक सय जनाको सहभागिता रहेको थियो भने सचेतनामूलक कार्यक्रमको सहजीकरण प्रहरी निरीक्षक शंकर श्रेष्ठले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]