ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान टुंग्याएर आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ।
अहिले सरकारी वकिलको कार्यालय पक्राउ परेकाहरूविरूद्ध अदालतमा लैजाने मुद्दा लेख्न व्यस्त छ।
यसमा एक जना व्यक्तिमाथि भने कुनै अनुसन्धान र सोधखोज भएन जुन एकदमै जरूरी थियो। घटनाक्रम र उपलब्ध प्रमाणले अझै पनि उनीमाथि अनुसन्धान र छानबिनको माग गर्छ।
उनी हुन् नेपाल प्रहरीका प्रमुख (आइजिपी) बसन्त कुँवर।
सायद आफ्नै हाकिममाथि प्रहरीले अनुसन्धान गर्न सक्ने कुरा पनि थिएन।
अनुसन्धानका क्रममा प्रहरीले भेटेका प्रमाण र घटनाक्रमले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा आइजिपी कुँवरले आफू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा हुँदा राम्रो अनुसन्धान नगरेको, पूर्वगृहमन्त्री खाणलाई जोगाउन भरमग्दुर प्रयास गरेको र पूर्वगृहसचिव टेकनारायण पाण्डे मार्फत गिरोहका सदस्यहरूसँग समन्वय गरेको देखिन्छ।
सुरू गरौं कुँवर एसएसपीका रूपमा अपराध अनुसन्धान कार्यालयमा प्रमुख रहँदाको समय र घटनाक्रमबाट।
बालकृष्ण खाण २०७८ असार २९ गते गृहमन्त्री नियुक्त भए। त्यो बेला कुँवर प्रहरी प्रधान कार्यालयको सचिवालयमा थिए। खाणले मन्त्रिस्तरीय निर्णयबाट २०७८ पुस २२ गते कुँवरलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा सरूवा गरे। कार्यालयमा उनी २०७९ असार १७ गतेसम्म बसे।
भुटानी शरणार्थीका रूपमा अमेरिका लैजाने आश्वासन दिएर आफूहरूसँग करोडौं पैसा ठगी गरेको भन्दै २०७९ जेठ १८ गते कार्यालयमा ८१ जनाले उजुरी दिए। उनीहरूले ठगी गर्ने गिरोहका प्रमुख नाइके भनेर केशव दुलाल र टंक गुरूङविरूद्ध उजुरी दिएका थिए। आफूहरूसँग १३ करोड रूपैयाँ उठाएको भन्दै कैयन प्रमाणसहित उनीहरूले उजुरी गरेका थिए।
नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान टुंग्याएर आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ।

दाङका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ८१ जनाको तर्फबाट सो उजुरी दर्ता गराएका थिए।
बुढाथोकी र रेग्मी दुवैले अमेरिका लैजाने भन्दै दाङमा मानिसहरू भेला गरी पैसा उठाएर गिरोहलाई बुझाएका थिए। अमेरिका जान उनीहरूको परिवारले पनि पैसा बुझाएको थियो। अमेरिका जान नपाएपछि पीडितहरूले पैसा मागेर उनीहरूलाई नै र्याखर्याख्ति पार्न थाले। त्यसपछि उनीहरूले दुलाल र गुरूङविरूद्ध कार्यालयमा उजुरी दिए।
त्यो बेला यति ठूलो ठगी काण्डमा किटानी जाहेरी परे पनि सुरूदेखि नै अनुसन्धानमा आलटाल गरियो। मुद्दा परेको दस दिनपछि, २०७९ जेठ २८ मा मात्र काठमाडौं जिल्ला अदालतबाट दुलाल र गुरूङविरूद्ध कार्यालयले पक्राउ पुर्जी लियो।
त्यसको केही दिनमै उनीहरू पक्राउ परे।
पक्राउ परेपछि दुलाल र गुरूङले ‘काम मिलाउन हामीसँग गृहमन्त्रीसहित सबैले पैसा लिने अनि अहिले प्रहरीले हामीलाई पक्रिने’ भन्दै धम्क्याए।
उनीहरू पक्राउ परेको खबर गृह मन्त्रालयसम्मै पुग्यो। पक्राउ परेको केही घन्टामै उनीहरू छुटे। उनीहरू पक्राउ परेको रेकर्डसम्म कार्यालयमा राखिएन। त्यो बेला पनि गृहमन्त्री खाण र अपराध अनुसन्धान कार्यालय प्रमुख कुँवर नै थिए।
त्यसैबीच एसएसपीहरूको बढुवा भयो। एसपीबाट एसएसपीमा बढुवा हुँदा १३ नम्बरमा रहेका कुँवर एक नम्बरमा डिआइजीमा बढुवा सिफारिस भए। डिआइजीमा बढुवा सिफारिस भए पनि उनी असार १७ गतेसम्म अपराध अनुसन्धान कार्यालय प्रमुखकै रूपमा कार्यरत थिए।
बाँकी समय उनी कार्यालयमा रहँदै गिरोहका नाइकेहरूसँग सम्पर्कमा रहेको देखिन्छ। कुँवर र गिरोह सदस्य केशव दुलालबीच समन्वय गर्ने काम त्यति बेलाका गृहसचिव टेकनारायण पाण्डेले गरेको प्रमाण भेटिएका छन्।
पूर्वगृहसचिव पाण्डे पक्राउ परेपछि प्रहरीले उनको मोबाइलबाट विभिन्न मेसेजहरू निकालेको थियो। सेतोपाटीबाट