२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

चट्याङ् लागेको बेला बच्ने र बचाउने उपायहरु यस्तो छ्न

Logo
प्रकाशित बिहिबार, जेठ ११, २०८०


(ABC-Sanchar)
काठमाडौं । चट्याङ बाट बच्न घरभित्र बस्नु सबैभन्दा सुरक्षित उपाय हो । तर, घरभित्र बस्दा पनि चट्याङबाट सुरक्षित रहन सावधानी भने अपनाउनु पर्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पानी परेको, गड्याङगुडुङ गरेको तथा चट्याङपरिरहेको बेला तारवाला टेलिफोन प्रयोग गर्न नहुने बताएको छ । विद्युतीय सामग्री चार्ज गर्न राखेको छ भनेप्लगबाट छुटाइदिनु पर्छ । “मोबाइल, टेलिभिजन, वासिङमेसिन, कम्प्युटर, आइरन, फ्रिज जस्ता विद्युतीय सामग्री प्लगबाट छुटाउनुपर्छ,” प्राधिकरणले भनेको छ, “भाडा माझ्ने, नुहाउने काम गर्नु हुँदैन । पर्खाल तथाझ्यालको छेउमा बस्नु हुँदैन, झ्याल, बरण्डा, सिँडीका ग्रिल छुन हुँदैन ।”

फलाम, तामा तथा पित्तलबाट विद्युतीय करेन्ट प्रवाह हुने भएकाले पानी परेको, गड्याङ गुडुङ गरेको तथाचट्याङ परिरहेको बेला यस्ता सामग्री छुन हुँदैन ।

चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट भएको भन्दै यसबाट जोगीन सकिने प्राधिकरणले जनाएको छ । यस बाट घरहरु लाई धातुका सामग्री प्रयोगगरी चट्याङ बाट सुरक्षित गर्न सकिने प्राधिकरणको भनाइ छ । “तामा, आल्मुनियम तथा जीआई (फलाम)का रड घरको सबभन्दा अग्लो भागमा राख्नुपर्छ । सोही धातुका रड तथापाता जोडेर जमिनसम्म पुर्याएर तामाको रडसँग जोडेर अर्थिङ गरेको खण्डमा धेरै हदसम्म हाम्रा घरहरु चट्याङको जोखीम बाट जोगिन सक्छन्,” प्राधिकरणले भनेको छ ।

चट्याङ बाट बच्न गड्याङ गुडुङ गरेको बेला घरबाट बाहिर निस्किन नहुने र निस्किसके को भए घर अथावसुरक्षित स्थानमा प्रवेश गर्न पनि प्राधिकरणले भनेको छ । चट्यान बाट जोगिन चनाखो हुन र चट्याङ कोजोखीम बाट सबैलाइ चनाखो गराउन पनि प्राधिकरण को आग्रह छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]