२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आम माफी दिने पठाएको निवेदन फिर्ता

Logo
प्रकाशित शुक्रबार, जेठ १२, २०८०


(ABC-Sanchar)
काठमाडौं । सरकारका तर्फबाट गृह मन्त्रालयले टिकापुर घटनामा जिल्ला अदालत हुँदै उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका रेशम चौधरीलाई राजनीतिक मुद्दा भनेर गणतन्त्र दिवसका अवसरमा आममाफी दिनेगरी राष्ट्रपतिलाई पत्राचार गरेको थियो । उक्त पत्र फिर्ता गर्दै राष्ट्रपति पौडेलले प्रचलित कानुन र स्थापित सिद्धान्त विरुद्ध नजान सुझाव दिएका छन् ।

“प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएका फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुनबमोजिम गर्नु,” भनिएको छ ।

सरकारले सर्वोच्च अदालतबाट अन्तिम फैसला हुँदा जन्म कैद सदर भएलगत्तै रेशमलाई आम माफी दिने प्रस्तावसहितको पत्र राष्ट्रपति कार्यालय पठाएको थियो । उक्त पत्र राष्ट्रपतिले सुझावसहित फिर्ता पठाएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]