२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नागरिकता विधेयक कार्यान्वयन नगर्न आदेश विरुद्ध विराटनगरमा मसाल जुलुस

Logo
प्रकाशित सोमबार, जेठ २२, २०८०


(ABC-Sanchar)
काठमाडौँ । नयाँ कानुनअनुसार जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता वितरण सुरु भएकै दिन सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि विराटनगरमा त्यसविरूद्ध प्रदर्शन भएको छ।

नयाँ कानुनअनुसार झापामा आइतबारबाट नागरिकता वितरण सुरु भइसकेको थियो भने मोरङ, पर्शा र सुनसरी प्रशासनले नागरिकता वितरणका लागि तयारी गरिरहेको बताएका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले गएको बुधबार विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। शुक्रबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासनहरूलाई नागरिकता वितरण थाल्न परिपत्र गरेको थियो।

यसरी जिल्ला-जिल्लाबाट नागरिकता वितरण सुरु भएकै दिन सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई संशोधन गर्ने विधेयक यथास्थितिमा राख्न आदेश दिएको हो।

सर्वोच्चको आदेशले आफूहरू थप पीडित हुने अवस्था सिर्जना भएको भन्दै एक सय हाराहारीमा सडकमा ओर्लिएका युवाले आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरे।

सडकसमेत अवरोध गरेका उनीहरूले तत्कालै नागरिकता दिनुपर्ने माग गर्दै सर्वोच्चको आदेशले आफूहरू थप पीडित बन्ने बताएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]