०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

आमाको मृत्युपछि दुध नपाएर अलपत्र १ शिशुसहित ६ भाइबहिनी बिचल्लीमा सहयोगको आसामा बच्चाहरु

Logo
प्रकाशित सोमबार, जेठ २२, २०८०

(ABC-Sanchar)

बाजुरा । त्रिबेणी नगरपालिकामा १ छताराकी ३२ बर्षिय अस्मीता देबि दमाइको बच्चा जन्माएको २१ दिनपछि मृत्यु हुदाँ १ महिनाकी छोरी सहित ६ भाइबहिनि अलपत्र परेका छन् ।

बच्चा जन्माएको केहि दिनमा अत्याधिक रक्तस्रापपछि अस्मीताको उपचारका क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

आमाको मृत्युपछि १ महिनाकी छोरी अलपत्र परेकि छन् । दुध किन्न पैसा नहुदा गाउँलले दिएको दुध खुवाएर बाचिरहेकि छन् । उनका श्रीमान मनराज दमाइ पनि अस्वस्थ छन् । उनि छोरीलाइ दुध खोज्न गाउँ डुल्ने गरेका छन् । गाउँलेले दिएको दुधले बहिनीलाइ बचाइरहेको दिदि शुशिला नेपालीले वताएकि छन् । भैसी किन्ने त धेरै टाढाको बिषय हो, दुध किन्न पैसा नहुदा निकै समस्या परेको शुशिलाले रुदै वताईन् ।

अस्मिताकि १ महिनाकी छोरी मात्र नभइ डेढ बर्षकि छोरी सिबानी नेपाली पनि खान नपाएर कुपोषित रहेकि छन् । सिबानीलाइ समेत दुध मागेर खुवाउनु परेको छ । कसैले दुध दिए दुबै बहिनीलाइ अलिअलि खुवाउने गरेको दिदि शुशिलाले वताईन् । डेढ बर्ष सिबानी र १ महिनाकी बालिकालाई दुध आबश्यक रहेको छ ।

अस्मिताको मृत्यु पछि उनका ६ वटा सन्तान अलपत्र रहेका छन् । अस्मिताको परिवारको नबस्ने घर छ, न खाने जमिन समेत नभएको गाउँलले वताएका छन् । उनिहरु सबै आफन्त नाता लाग्ने चन्द्रा दमाइको घरमा बस्दै आएका छन् । चन्द्रा पनि एकल महिला हुन् । अस्मिताकि छोरी जेठि शुशिला नेपाली १२ बर्षकि भइन् । त्यस्तै सुस्मिता ९ बर्ष, समीया ७ बर्ष, छोरा शिसिर ६ बर्षका रहेका छन् । त्यस्तै सिवानी डेढ बर्ष र कान्छि १ महिनाकी पुगिन् । आर्थिक अभाब तथा बिपन्न भएकाले अस्मिताकि कुनै पनि छोरी बिद्यालय नजाने गरेका छन् । शुशिलाका ६ भाइबहिनी कुपोषित रहेका छन् ।

अहिले ६ जना बालबालिकाहरुलाई खान समेत हम्मेहम्मे परेको छ गाउँ घरमा मागेर खाने गरेको छ्न कोइले दिन्छन् कोइले दिइन्न अहिले बालबालिका निकै पिडामा छन सबैको सानोतिनो सहयोगको आसमा छ्न । हामी हाम्रो सानो सहयोगले कसैको पेट भर्छ कि ???

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!