२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अपराध अनुसन्धान तालिम सि.प्र.अ.को ९३ औं समुहको समापन कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शुक्रबार, जेठ २६, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगंजमा संचालन भएको “अपराध अनुसन्धान तालिम (सि.प्र.अ.)” ९३ औँ समुहको समापन कार्यक्रम जेठ २६ गते नेपाल प्रहरी संगठनका निमित्त प्रहरी महानिरीक्षक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी टेक प्रसाद राईको प्रमूख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षीत भई जाने ४ जना महिला सहित जम्मा २४ जना प्रहरी अधिकृत (प्र.नि.) हरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्षेत्रमा उपयोगी मार्गनिर्देशन तथा शुभकामना सहितको निर्देशन सम्बोधन गर्नु भएको थियो ।

साथै, उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. रविन्द्र के.सी. नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.व.उ. दिपेन्द्र जि.सी. लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो भने तालिम संयोजक प्र.नि. गुणराज बुढाथोकीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]