०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

प्रधानमन्त्री प्रचण्डले १५ वटा मुर्रा राँगासँग दुईटा नदी बेचे एमाले अध्यक्ष ओली

Logo
प्रकाशित शुक्रबार, जेठ २६, २०८०

 

(ABC-Sanchar)

स्याङ्जा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा १५ वटा राँगासँग दुई वटा महत्त्वपूर्ण नदी बेचेको आरोप लगाएका छन् ।

स्याङ्जाको आँधीखोला र कालीगण्डकी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले नेपाल आफैले बनाउन सक्ने अति सस्तो फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना भारतलाई जिम्मा दिएर १५ वटा राँगा लिएको फर्किएको बताएका हुन् ।

सस्तो आयोजनाहरू आफैले बनाउने र जनतालाई शेयर दिनुपर्ने दायित्व सरकारसँग भए पनि प्रधानमन्त्रीले आफ्नो पद यथावत राख्ने शर्तमा जनतालाई अवमूल्यन गर्दै आयोजना भारतलाई जिम्मा दिएको अध्यक्ष ओलीको भनाइ छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको सम्झौता गरेका थिए । सम्झौतासँगै नेपालको सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीको समेत लगानीमा निर्माण हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

error: Content is protected !!