२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

१२५ जना कर्मचारी कार्वाहीमा १० बजे कार्यालय हाजिर लगाएर घरतिर जानेहरु

Logo
प्रकाशित शुक्रबार, आषाढ ०१, २०८०

(ABC-Sanchar)

काठमाडौं । सिंहदरबारकै कर्मचारी कर्तव्य र समय पालनामा जिम्मेवार नभएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार गरेको छड्के अनुगमनबाट एक सय २५ जना कर्मचारी कारबाहीमा परेका छन् । कार्यालय समयमा विभिन्न बहानामा कामै छाडेर भाग्ने कर्मचारीको अनुगमन गरेर केन्द्रले विभागीय कारबाहीका लागि सम्बन्धित मन्त्रालय तथा निकायमा पठाएको छ ।

कर्मचारीहरू हाजिर गरेर भाग्ने प्रवृत्ति बढेपछि केन्द्रले दुईवटा टोली बनाएर आकस्मिक अनुगमन गरेको थियो ।
हाजिर गरेर भाग्ने यस्तो प्रवृत्तिलाई कर्मचारीतन्त्रमा ‘हाजिर गरेर टाप कस्ने’ अर्थात् ‘हाटा’ भनिन्छ । केन्द्रले सिंहदरबार छिर्ने दुईवटा गेट पूर्वी र दक्षिण गेटमा छड्के अनुगमन गरेको थियो । केन्द्रका डिआइजी निरञ्जन विष्टको संयोजकत्वमा नेपाल प्रहरीसमेतलाई संलग्न गरेर अनुगमन गरिएको थियो ।

अनुगमन टोलीमाथि दुव्र्यवहारसमेत गरेका थिए । ती कर्मचारीले केन्द्रका डिएसपी कृष्णप्रसाद अधिकारीलाई धकेलेका थिए । ‘निजामती कर्मचारी त सभ्य, शिक्षित हुनुपर्ने हो, तर केहीले अनुगमन टोलीमाथि नै दुव्र्यवहार गरे,’ अनुगमन टोलीका एक सदस्यले भने । अनुगमन टोली देखेपछि केही कर्मचारी त फर्किएका थिए ।

कार्यालय समयमा व्यक्तिगत कामका लागि दौडिने कर्मचारीमाथि कारबाहीका लागि केन्द्रले लेखी पठाउने निर्णय गरेको छ । ‘समय पालना नगर्ने कर्मचारीलाई कारबाहीका लागि केन्द्रले सम्बन्धित मन्त्रालय तथा कार्यालयमा लेखी पठाउँछ,’ केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले भने, ‘केन्द्रको सिफारिसबमोजिम सम्बन्धित मन्त्रालयले अनुशासनको कारबाही गर्न सक्छ ।’ केन्द्रका सूचना अधिकारी शर्माका अनुसार चालू आवमा मात्र केन्द्रले दुई सय ३४ कार्यालयको अनुगमन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]