२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रहरी एक्सनमा उत्रिएपछि वनएक्स बेट प्रकरणः सुटुक्क प्रमाण मेटाउँदै युट्युबर

Logo
प्रकाशित शनिबार, आषाढ ०२, २०८०

(ABC-Sabchar)

काठमाडौं । वनएक्स बेटसहित अनलाइन सट्टेबाजी गराउने माध्यमको प्रचार गर्नेहरू पक्राउ परेपछि युट्युबर कुशल पोखरेलले प्रचार सामग्री हटाएका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध सट्टेबाजीको प्रचारमा संलग्न आठ जना कलाकार/युट्युबर पक्राउ गरेको थियो ।पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी परिसरमा राखेर थप अनुसन्धान भइरहेको छ ।

उक्त घटनापछि युट्युबर पोखरेलले बिहीबार राति आफ्नो च्यानलबाट प्रचार सामग्री हाइड गरेको देखिएको छ । हामीले प्रमाणस्वरुप यहाँ एउटा स्क्रिनशट राखेका छौं । वैशाख १२ गते (अप्रिल २५) अपलोड भएको ‘ह्वेन वि बिकम प्यारेन्ट्स’ शीर्षकको भिडिओ अहिले उनको च्यानलबाट गायब छ । त्यसबाहेक पनि पोखरेलले २०२१ जुन महिनापछि अपलोड गरेका कमेडी शैलीका भिडिओ गायब छन् । यी त्यस्ता भिडिओ हुन्, जसमा पोखरेलले प्रोमो कोड उपलब्ध गराएर वनएक्स बेटमा लगइन गर्न प्रोत्साहन गरेका थिए ।

एक्कासि च्यानलका भिडिओ डिलिट गर्दा युट्युबले रिच डाउन गरिदिने हुनाले हाइड गर्ने प्रवृत्ति छ । त्यसैले उनले भिडिओ हाइड गरेको देखिन्छ । पोखरेलबाहेक अन्य केही नाम चलेका युट्युबरले पनि भिडिओ हाइड गरेका छन् । कतिपयले डिस्क्रिप्सनमा राखिदिएको लिङ्क डाउन भइसकेको छ ।

टेकपानासँग कुरा गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले यसअघि पक्राउ परेका बाहेक अन्य युट्युबर तथा कलाकारबाट पनि प्रमाण सङ्ककन गरिसकेको र पक्राउको तयारी गरेको बताए ।

“हामीले धेरै युट्युबरबाट प्रमाण सङ्कलन गरिसकेका छौं,” एसएसपी केसीले भने, “वनएक्स बेटमा संलग्न भएको देखिएकाहरू कारबाहीकाे दायरमा आउँछन् ।”

त्यस्तै अहिले युट्युबमा वनएक्स बेट कसरी प्रयोग गर्ने, रकम कसरी जम्मा गर्ने, रकम कसरी निकाल्ने, बाजी कसरी राख्ने भन्ने विषयमा राखिएका भिडिओ पनि सम्बन्धित व्यक्तिहरूले च्यानलबाट हटाएकाे पाइएकाे छ ।

तर, केही युट्युबरको च्यानलमा वनएक्स बेटमा रहेका प्रचार सामग्री अझै यथावत् छन् । पक्राउ परेका कलाकारबाहेक राजकुमार थापा मगर, रोनिशा थापा, प्रिदेव जोशी, एलिशा खड्गी, रतन कार्की लगायतका युट्युबरको भिडिओमा अझै पनि प्रोमोकोड भनिएका भिडिओ देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]