२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कैलाली कारागारभित्र देखिएको बेथिति र घोटालाको विषयमा छानबिन सुरु

Logo
प्रकाशित शनिबार, आषाढ ०२, २०८०

(राजन थारू)

धनगढी । कैलाली महेन्द्रनगरपोष्टले कारागारभित्रै कुटाकुट, भित्रै ड्रग्स, मदिरा लगायतको कारोबार र घुस प्रकरणलाई उजागर गरेको थियो।

सो घटनापछि कारागार व्यवस्थापन विभागले कारागार प्रशासन लगायत कर्मचारीमाथि आन्तरिक छानबिन थालिएको जनाएको छ। विभागका निर्देशक तथा प्रवक्ता कमलप्रसाद पाण्डेले कैलालीका सिडिओसित समन्वय गरेर छानबिन गरिरहेको महेन्द्रनगरपोष्टलाईबताए। विभाग स्रोतका अनुसार कारागार व्यवस्थापन विभागले आन्तरिक छानबिन सकेर कैलाली पुगेरै स्थलगत अनुगमन गरी थप कारबाही प्रक्रिया अगाडि बढाइने छ।

कैलाली कारागारमा वर्षौंदेखि खुलेआम भित्रै कैदीहरुले लागुऔषध सेवन तथा कारोबार गर्दै आएका छन्। अस्ती जेठ २२ गते कारागारभित्रै कुटाकुट समेत भएको थियो। उक्त घटनापछि कारागार केही प्रहरीका अधिकारी र डेढ दर्जन बढी कैदीहरुको सरुवा गरिएको थियो। कारागार प्रशासन, जेलर र प्रहरीकै लापरबाही र मिलोमतोका कारण कारागारमा बेथिति मौलाएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]