२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बैंकको ब्याजदर घटाउनु माग नेता मेटमणि चौधरी

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०८०

(ABC-Sanchar)
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने बताए ।

सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले बैंक ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री डा. प्रकाशशरण महत गम्भीर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने पनि बताउ ।

‘हामीसँग निक्षेप बढेको छ भन्ने कुरा गरिरहेका छौं । तर, कर्जा प्रवाह कम भइरहेको छ । यसको एउटा कारण लगानीको वातावरण बन्न सकेको छैन । र, दोस्रो हामीले थोरै ब्याजदर बनाउन सकिरहेका छैनौं’, उनले भने, ‘यसमा माननीय अर्थमन्त्रीज्यू तपाई सिरिएस हेनर््स्, यदि तपाईले बैंक ब्याजदर घटाउन सक्नु भएन भने नेपालको फाइनान्सियल सेक्टरलाई हराभरा बनाउनै सक्नु हुन्न । त्यसैले बैंक ब्याजदर घटाउनुस् । यसमा पहल गर्नुस् । त्यसपछि कर्जा प्रवाहलाई वृद्धि गर्नु । यसो गर्न सकियो भने मुलुकको अर्थतन्त्रलाई हामीले राम्रो बनाउन सक्छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]